चितवन : विश्व बाल दिवसको अवसरमा पृथ्वी मा.वि. कालिका-०७, चितवन अन्तर्गत रहेको कालिकाकै सक्रिय पृथ्वी स्काउट ट्रुपको आयोजना तथा कालिका ओपन स्काउट क्रूको प्राविधिक सहयोगमा “पृथ्वी स्काउट दोस्रो अन्तर पेट्रोल पाककला प्रतियोगिता:२०८२ (Prithvi Scout Second Inter Patrol Cooking Competition:2082)” १४ ओटा पेट्रोलका ८८ जना स्काउट्सहरुको सहभागीमा भव्यताका साथ सफलतापुर्वक सम्पन्न भयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष स्काउटर वावुराम अर्याल ज्यूको प्रमुख आतिथ्यता, कालिका नगर स्काउटका प्रमुख आयुक्त रचना लामा ज्यू ,लगायत अन्य विशिष्ट व्यक्तिहरुको उल्लेख्य सहभागी रहेको उक्त कार्यक्रम कालिका ओपन स्काउट क्रूका अध्यक्ष तथा विद्यालयका स्काउट संयोजक स्काउटर सेवक अधिकारी ज्यूको सभातित्व र कालिका स्काउट्सका परिषद् सदस्य श्री राजु पौडेल ज्यूको संचालनमा भएको थियो ।
स्काउट्स ज्ञान अन्तर्गत व्यवहारिक सिपको विकास गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य थियो । कार्यक्रममा प्रथम,द्दितिय,तृतिय र सान्त्वना हुन सफल पेट्रोलहरुलाई क्रमश: विजेता शिल्ड,मेडल ,प्रमाण पत्र र Cooking Badge वितरण गर्नुका साथै कालिका ओपन स्काउट क्रुका १३ जना रोभर/रेन्जरहरुलाई विभिन्न विधामा सम्मानीत पनि गरिएको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij