काठमाडौँ : बारामा सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा जिल्ला सुरक्षा समिति र जेनजी समूहबीच आयोजित वार्तामा जेनजीका अगुवा सुदन गुरुङ र पुरुषोत्तम यादव पनि सहभागी भएका छन्।
गत बुधबार बाराको सिमरामा जेनजी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनाव समाधान गर्न आज आयोजित यो वार्तामा जेनजीको सहभागिता सुनिश्चित गरिएको थियो।




© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij