Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

निर्वाचनका लागि ३७ दल दर्ता, एमाले-कांग्रेस बाँकी

निर्वाचनका लागि ३७ दल दर्ता, एमाले-कांग्रेस बाँकी

काठमाडौँ  :  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता भइसकेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ दल दर्ता भइसकेका छन् भने आयोगमा हालसम्म दर्ता भएका दलको कुल संख्या १२६ पुगेको छ र थप ३० दल दर्ता प्रक्रियामा रहेको छ।

निर्वाचनका लागि दर्ता भएका दलहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत रहेका छन्। यद्यपि, नेकपा एमाले र नेपाली कांग्रेसले अहिलेसम्म निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको छैन।

प्रवक्ता भट्टराईले निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीय काम र अन्य तयारीहरू कार्ययोजनाअनुसार अघि बढिरहेको जानकारी दिए।

त्यस्तै, प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई मतदाता योग्यताका लागि निर्धारण गरिएको छ। उक्त विवरण मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ। विवरणमा त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म सच्याउन सकिनेछ। अन्तिम मतदाता नामावली आगामी पुस १५ गते सार्वजनिक गरिने प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट