Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

महानगरद्वारा धुर्मुस आरोपको स्पष्टीकरण, कानुनी जटिलता देखाउँदै

महानगरद्वारा धुर्मुस आरोपको स्पष्टीकरण, कानुनी जटिलता देखाउँदै

चितवन :  भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी विवादमा सिताराम कट्टेल ‘धुर्मुस’ द्वारा लगाइएका आरोप र सामाजिक सञ्जालमा व्यक्त टिप्पणीबारे प्रतिक्रिया दिएको छ।

महानगर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यको कोषबाट निजी संस्थालाई भुक्तानी गर्नु संवेदनशील र कानूनी दृष्टिले जटिल विषय हो। धुर्मुस सुन्तली फाउन्डेशनमार्फत संरचना खरिद गर्न कुन ऐन–दफा अनुसार गर्न सकिन्छ भन्ने विषय स्पष्ट नभएकाले कानुनविद्, खरिद विज्ञ, प्रशासक र सम्बन्धित निकायहरूसँग निरन्तर छलफल भइरहेको छ।”

महानगरले संघीय सरकारले प्रदान गरेको सशर्त अनुदान खर्च गर्दा मार्गदर्शन, मापदण्ड र कार्यविधि स्पष्ट हुनुपर्नेमा हाल प्राप्त निर्देशन अपूरो रहेको र थप मार्गनिर्देशन माग गरिएको जनाएको छ। विज्ञप्तिमा भुक्तानी प्रक्रियामा संलग्न कर्मचारी तथा पदाधिकारीहरूले भविष्यमा कानुनी जटिलता नपरोस् भनी समाधान खोजिरहेको पनि उल्लेख गरिएको छ।

महानगरले वैधानिक प्रक्रिया पूरा नगरी हतारमा निर्णय गर्न नसकिने र भावनात्मक दबाबमा प्रशासनिक कार्य सञ्चालन नहुने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij