Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

‘निर्धारित मितिमै चुनाव हुन्छ’

‘निर्धारित मितिमै चुनाव हुन्छ’

ढल्केबर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते नै चुनाव हुने बताउनुभएको छ । शुक्रबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित भरतपुरमा जेनजीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन तयारी व्यवस्थित ढङ्गले अघि बढिसकेको बताउँदै निश्चित रहन सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री घिसिङले भन्नुभयो, ‘शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित निर्वाचनका लागि सरकार पूर्णरूपमा तयार भइसकेको छ । कुनै पनि विवाद, अवरोध वा अन्यौलताका कारण चुनाव प्रभावित हुँदैन ।’

देशमा स्थिरता, विकास र परिवर्तनका लागि निर्वाचन सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले चुनावमा सक्रिय रूपमा सहभागी भएर लोकतन्त्रलाई मजबुत बनाउन अपील समेत गर्नुभयो । यसअघि शुक्रबार बिहान मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले विभिन्न विकास आयोजना स्थलको निरीक्षण गर्नुभयो ।

उहाँहरुले जनकपुरको रजौलामा निर्माणाधीन बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला स्थलको अवलोकन गर्नुभयो । त्यसपछि दुवै मन्त्री सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत निरीक्षणमा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट