Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

महेश बस्नेतका विश्वासपात्र श्रेष्ठलाई बनाइयो एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ को कमाण्डर

महेश बस्नेतका विश्वासपात्र श्रेष्ठलाई बनाइयो एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ को कमाण्डर

काठमाडौं : नेकपा एमालेले युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ । काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरको हुन्।

केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ । उनी युवासंघका पूर्व उपाध्यक्ष पनि हुन् । फोर्समा सबै जिल्लामा सदस्य रहनेछन् । पार्टी सचिवालय बैठकको निर्णय अनुसार फोर्सको घोषणा गरिएको नेता ढकालले बताए । पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा फोर्सको घोषणा गरिएको हो ।

एमाले बागमती प्रदेश कमिटीका सदस्य श्रेष्ठ एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका विश्वासपात्र मानिन्छन् । भोलेन्टिएर फोर्स गठनका लागि एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले १५ दिनअघि गुण्डुमा भेला गरी पार्टीका महेश बस्नेतको संयोजकत्वमा कार्यदल बनाएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट