Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

विशेष सेवा सुधारका लागि सरकारको अध्यादेशलाई राष्ट्रपतिको स्वीकृति

विशेष सेवा सुधारका लागि सरकारको अध्यादेशलाई राष्ट्रपतिको स्वीकृति

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १४४(१) बमोजिम मंसिर ५ गते उक्त अध्यादेश स्वीकृत गरिएको हो।

अध्यादेशले विशेष सेवा विभागको कार्य, अधिकार, संरचना तथा गोपनीयता प्रणालीलाई समयअनुकूल बनाउने लक्ष्य राखेको छ। सरकारका अनुसार यसले सुरक्षा निकायबीचको समन्वय र निगरानी क्षमता थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। अध्यादेश अब संसदमा टेबुल भएपछि नियमित कानुनी प्रक्रियामा अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट