जुम्ला : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८४९ नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख नारायणी आचार्यका अनुसार थपिएका मतदातामध्ये करिब ५० प्रतिशत युवा पुस्ता रहेका छन्। नयाँ मतदातामध्ये ३७३ महिला र ४७६ पुरुष छन्। बाहिरी जिल्लाका ९७ जनाले पनि जुम्लाबाट नयाँ मतदाता दर्ता गरेका छन्।
जिल्लामा नयाँ मतदाता थपिनुअघि कुल मतदाता संख्या ६७,७३६ रहेको थियो, जसमा ३५,२७५ पुरुष र ३२,४६१ महिला रहेका छन्। हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप गर्ने र तिला गाउँपालिका–९ मा मतदान केन्द्र सार्ने सिफारिस निर्वाचन आयोगमा गरिएको छ।
जिल्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहमा ७९ मतदानस्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको थियो। नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म भए पनि आयोगले उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै दर्ता म्याद आजसम्म बढाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij