काठमाडौँ : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरूले आज दुवै आयोग कार्यालय अगाडि धर्ना दिएका छन्।
विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरूले साङ्केतिक विरोध कार्यक्रम आयोजना गरेका छन्। धर्नामा सहभागीहरूले आयोगका पदाधिकारीको राजीनामा माग गर्दै आयोगमा वास्तविक पीडितको प्रतिनिधित्व सुनिश्चित गरी पुनर्गठन गर्नुपर्ने जोड दिएका छन्।
पीडित राम भण्डारीले भने, “हामी करिब दुई दशकदेखि सत्यको खोजीमा छौं, तर राज्यबाट कुनै उत्तर पाएका छैनौं। पीडितहरू न्याय प्रक्रियामा सहभागी हुन पाएका छैनौं। राज्यले जबरजस्ती आयोग गठन गरेको प्रारम्भदेखि हामीले अस्वीकार गर्दै आएका छौं। आज सातै प्रदेशमा विरोध कार्यक्रम सञ्चालन गर्दैछौं।”
सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्धवप्रसाद पुडासैनीले पीडितको आवाजलाई सम्बोधन गर्दै काम अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले भने, “द्वन्द्वपीडित, राजनीतिक दल र सरोकारवालाहरू एउटै ठाउँमा आउन सके न्यायिक प्रक्रिया तीव्र हुनेछ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij