Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धार्मिक तथा प्राकृतिक सौन्दर्यले समृद्ध सिद्धकाली शक्तिपीठ विकसित हुँदै

धार्मिक तथा प्राकृतिक सौन्दर्यले समृद्ध सिद्धकाली शक्तिपीठ विकसित हुँदै

भोजपुर  :  भोजपुरस्थित प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा क्रमशः विकास भइरहेको छ। स्वस्थानी ब्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भएको स्थान मानिँदा यस शक्तिपीठको उत्पत्ति भएको धार्मिक विश्वास छ।

देश–विदेशबाट यस स्थानमा पूजाअर्चना तथा दर्शनका लागि भक्तजन आउने गर्छन्। सिद्धकालीको दर्शन गरेमा रोग–व्याधि हट्ने, सुख–शान्ति प्राप्त हुने र समृद्धि बढ्ने मान्यता रहेको स्थानीय पण्डित कमल दाहाल बताउँछन्। उनका अनुसार वर्षभर विभिन्न भाकलका साथै आश्विन र चैत्र शुक्लपक्ष, एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणको अवसरमा विशेष पूजा–अर्चना गरिन्छ।

शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण र हनुमानका मन्दिर रहेका छन्। साथै नजिकै सिद्ध गुफा र नारायण गुफा पनि रहेका छन्, जहाँ टाढा–टाढाबाट भक्तजन दर्शनका लागि आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट