अफगानिस्तान : अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकूको मृत्यु भएको छ ।लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मृतक लडाकूमध्ये २३ जनाको खैबर पख्तुनख्वा राज्यको कुराम जिल्लामा मृत्यु भएको हो भने अन्य तीन जनाको मोहमन्द, लक्की र ट्याङ्कमा मृत्यु भएको समाचारमा उल्लेख छ ।यता पाकिस्तानले आतङ्कवादविद्धको आक्रमण जारी राख्ने जनाएको छ ।गत महिना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा लडाइँ भएको थियो भने तत्काल दुबै देशको सहमतिमा युद्धविराम भएको थियो तर दुई देशबीच आक्रमणलाई लिएर आरोप प्रत्यारोप भने चलिरहेको छ।
file photo
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij