Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अमेरिकाबाट डिपोर्ट भएका ३५ नेपालीसँग प्रहरीको सोधपुछ

अमेरिकाबाट डिपोर्ट भएका ३५ नेपालीसँग प्रहरीको सोधपुछ

काठमाडौँ  : अमेरिकाबाट डिपोर्ट भएर काठमाडौँ ओर्लिएका ३५ जना नेपाली नागरिकहरूसँग प्रहरीले सोधपुछ गरेको छ ।बुधबार साँझ चाटर्ड विमान मार्फत काठमाडौँ आइपुगेकाहरूसँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरूले सोधपुछ गरेका हुन् ।

डिपोर्ट भएका मध्ये ३३ जना मानव तस्करको पञ्जामा परेर तल्लो बाटो हुँदै अमेरिका पुगेको थाहा भएको छ ।एक जना विद्यार्थी भिसामा गएर काम गरेको भेटिएपछि डिपोर्ट भएका हुन् । अर्का एक जना भिजिट भिसामा गएर लुकेर बसेपछि डिपोर्ट भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए । उनले भने, ‘उनीहरूलाई पठाउने गिरोहबारे हामीले सोधपुछ गरेका छौँ ।’

प्रहरीले उनीहरूलाई गिरोह विरुद्ध जाहेरी दिन आग्रह गरेको छ । डिपोर्टमा हुनेमा सबैभन्दा धेरै दाङ, रुकुम पूर्व र पश्चिमका छन् ।अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो ।अमेरिकी प्रशासनले यसअघि पनि नेपालीहरूलाई डिपोर्ट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट