Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रिमा विश्वकर्माको चेतावनी : ‘निराशावादी राजनीति अब स्वीकार्य छैन’

रिमा विश्वकर्माको चेतावनी : ‘निराशावादी राजनीति अब स्वीकार्य छैन’

काठमाडौँ  :  कलाकार रिमा विश्वकर्माले देशमा फैलिएको निराशावादी राजनीतिक संस्कृतिलाई अब स्वीकार नगर्ने स्पष्ट संदेश दिएकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै उनले पुराना राजनीतिक दलहरूको नेतृत्वप्रति लक्षित गर्दै जेनजी आन्दोलनलाई ‘भ्रष्ट नेतृत्वविरुद्ध उठेको चेतनाको बिगुल’ को रूपमा व्याख्या गरेकी छन् ।

देशमा देशप्रेमी युवा अझै पनि सबल रूपमा उभिएका छन् भन्ने उल्लेख गर्दै विश्वकर्माले लेखेकी छन्, “जेनजी आन्दोलन भ्रष्ट नेतृत्वविरुद्ध उठेको चेतनाको बिगुल थियो । तिमीहरूले गर्न खोज्ने निराशावादी राजनीति अब हामी स्वीकार्दैनौँ । नो, नट अगेन।”

उनको उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरै युवाले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट