काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन तत्काल नगर्नुपर्ने बताएका छन्।
नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निधिले प्रतिनिधिसभा सदस्य निर्वाचन अहिलेको प्राथमिकता भएको भन्दै, निर्वाचन सम्पन्न भएपछि मात्र महाधिवेशन गर्नुपर्ने बताउनुभयो।
उनले भने, "अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ। १५औँ महाधिवेशन निर्वाचनपछि वैशाखमा गरौँ र त्यसको तयारीमा सबै लागौँ।"
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको समयतालिका र तयारीलाई लिएर विवाद बढिरहेको छ। केन्द्रीय समिति बैठकले सहमति नजुट्दा निष्कर्षमा पुग्न सकेको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij