Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

ट्राफिक प्रहरीले हस्तान्तरण गर्याे हराएका र चोरी भएका मोटरसाइकल, सवारीधनीहरूले खुशीमा केक काटे

ट्राफिक प्रहरीले हस्तान्तरण गर्याे हराएका र चोरी भएका मोटरसाइकल, सवारीधनीहरूले खुशीमा केक काटे

काठमाडौँ  : उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका वा चोरी भएका मोटरसाइकल र स्कूटरहरू सवारीधनीलाई फिर्ता गरेको छ।

ट्राफिक प्रहरीले विसं २०८१/८२ मा हराएका ५० वटा मोटरसाइकल तथा स्कूटर सवारीधनीलाई हस्तान्तरण गरेको हो। हस्तान्तरणमा कतिपय साधन प्रहरीकै पनि रहेको छ।

हस्तान्तरण गरिएका साधनमध्ये कतिपय राम्रो अवस्थामा थिए भने कतिपयका पार्टपूर्जा निकालिएको वा नचल्ने अवस्थामा पाइएका थिए।

आफ्नो हराएको सवारी पाउँदा सवारीधनीहरूले खुशी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्। केहीले खुसीका लागि केक समेत काटेर खुवाएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट