Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

ओलीले कार्की र मन्त्रिपरिषदमाथि राज्यसत्ता कब्जा गर्ने आरोप लगाए

ओलीले कार्की र मन्त्रिपरिषदमाथि राज्यसत्ता कब्जा गर्ने आरोप लगाए

काठमाडौं  :  एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ मा सिर्जना गरिएको अराजकताका लाभग्राही नै अहिले राज्यसत्ता कब्जा गर्ने पक्ष भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी आफूविरुद्ध परेका रिट निवेदनमा लिखित जवाफ दिँदै ओलीले प्रधानमन्त्री सुशिला कार्की र उनका मन्त्रिपरिषद सदस्यहरूले ‘राज्यसत्ता कब्जा गर्ने काम’ गरेको उल्लेख गरेका छन्।

ओलीले जवाफमा भनेका छन्, “अराजक अवस्थाको सिर्जना गराएर सुशिला कार्की र उनका मन्त्रीहरूले राज्यसत्ता कब्जा गर्ने दृश्य तथा अदृश्य काम गरेका छन्। अराजकताको लाभग्राही नै यस अवस्थाका सृजनाकर्ता हुन्।”

उनले थपे, “अराजकतालाई मात्र आधार मानेर नेपालको शासन कुनै व्यक्ति वा समूहले कब्जा गर्न मिल्दैन। संविधानको धारा ५ अनुसार राष्ट्रहितविपरीतको कार्य दण्डनीय छ।”

ओलीले लिखित जवाफमा संविधान उल्लंघन गरी अराजकताको आधारमा सरकार गठन हुन नसक्ने पनि स्पष्ट पारेका छन्। उनका अनुसार, “संविधानले मात्र आवधिक निर्वाचनमार्फत सरकार परिवर्तनको अधिकार दिएको छ। अन्य कुनै दबाब वा प्रभावबाट सरकार अपदस्त गर्न वा मतादेश विहीन व्यक्ति सरकार सञ्चालन गर्न सक्दैन।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट