Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा बुधबार साँझ आक्रमण

जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा बुधबार साँझ आक्रमण

काठमाडौँ  :  जेनजीका अभियन्ता मिराज ढुंगानाले बुधबार साँझ आफ्नो कार्यालयमा आक्रमण भएको जानकारी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा ढुंगानाले लेखेका छन् कि उनीहरूलाई लक्षित गर्दै कार्यालयमा आक्रमण गरिएको र महिला साथीहरूमाथि पनि हातपात भएको छ। उनले लेखेका छन्, “हामी माथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो। हामी र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो हामीलाई?”

यद्यपि, उनले आक्रमण कसबाट भएको हो भन्ने विषयमा स्पष्ट रूपमा उल्लेख गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट