Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रास्वपाले विपिनकुमार आचार्यलाई उम्मेदवार छनोट समितिको संयोजक नियुक्त

रास्वपाले विपिनकुमार आचार्यलाई उम्मेदवार छनोट समितिको संयोजक नियुक्त

काठमाडौँ  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजकको जिम्मेवारी दिएको छ।

बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई संयोजक नियुक्त गरेको हो। उम्मेदवार छनोट समितिका सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम (चितवन) तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन्।

रुपन्देही–३ को हकमा यसअघि नै छनोट भइसकेका उम्मेदवारहरू कायम रहने छन्। साथै पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित वाचापत्र कार्यदलमा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताललाई थप्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोट सम्बन्धी रूपरेखा मस्यौदा समितिका संयोजक पनि हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट