Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नवलपरासी–चितवन खण्डको नारायणघाट–बुटवल सडक दुई राति बन्द हुने

नवलपरासी–चितवन खण्डको नारायणघाट–बुटवल सडक दुई राति बन्द हुने

नवलपरासी  :  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको नारायणी नदी क्षेत्रमा मङ्सिर ५ र ६ गते राति सडक पाँच–छ घण्टाका लागि बन्द हुने भएको छ। सडक कालोपत्रको काम गर्न नारायणी पुलदेखि पश्चिमतर्फको एप्रोच सडकमा सवारीसाधन सञ्चालन रोकिने छ।

नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार, राति ११ बजेदेखि भोलि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरिनेछ। “उक्त खण्डमा सवारी रोक्ने व्यवस्था गरेर मात्रै कालोपत्र कार्य सम्पन्न गर्न सकिन्छ,” उनले बताए।

सडक बन्दका क्रममा पूर्वतर्फ जाने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा, र पश्चिमतर्फ आउने सवारीसाधन चितवनमा रोकिनेछन्। बस, मिनीबस, माइक्रो बस र साना चारपाङ्ग्रे सवारीसाधन पूर्व–पश्चिम मार्गमा तोकिएको स्थानमा थुनिनेछन्। ठूला मालवाहक सवारीसाधन जस्तै ट्रक, ट्रेलर, कन्टेनर र लहरी भने छुट्टाछुट्टै स्थानमा रोकिनेछन्।

सडक विस्तार सुरु भएदेखि नै यस खण्डमा खाल्डाखुल्डीका कारण यात्रुहरूलाई समस्या भोग्नुपरेको छ। नारायणी पुलदेखि पश्चिमतर्फ १७० मिटर सडक कालोपत्र भएपछि नारायणघाट–बुटवल खण्डको करिब ६० किलोमिटर सडक कालोपत्रले जोडिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij