Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि स्थगित, अब मङ्सिर ६ मा बस्ने

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि स्थगित, अब मङ्सिर ६ मा बस्ने

काठमाडौँ  :  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित भएको छ। बिहीबार (मङ्सिर ४) दिउँसो २ बजे बस्ने भनिएको बैठक अब स्थगित भएको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आउँदो शनिबार (मङ्सिर ६) दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिलाई उपस्थित हुन भनिएको छ।

पछिल्लो समय कांग्रेसको बैठक पटक–पटक तोकिएर स्थगित हुँदै आएको छ। केन्द्रीय समितिको बैठक एक महिनाभन्दा बढी समयदेखि जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट