Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सिमरा घटनाप्रति डा. शेखर कोइरालाको चिन्ता, सबै पक्षलाई संयमित हुन आग्रह

सिमरा घटनाप्रति डा. शेखर कोइरालाको चिन्ता, सबै पक्षलाई संयमित हुन आग्रह

काठमाडौँ  :  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको सिमरामा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन्।

फेसबुकमार्फत बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले संविधानको संरक्षण र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा जिम्मेवारी भएको स्मरण गराए।

कोइरालाले सिमरामा उत्पन्न जस्तो घटना पुनः दोहोरिनु संविधान र निर्वाचन दुवैका लागि चुनौतीपूर्ण हुने चेतावनी दिए। साथै उनले निर्वाचनको वातावरण अस्थिर नबनाउन सम्बन्धित सबै पक्षलाई अपिल गर्दै भनेका छन्, “संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ।”

बुधबार एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी समूहले प्रदर्शन गरेपछि सिमरा क्षेत्र केही समय तनावपूर्ण बनेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट