Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आज विश्व बाल दिवस मनाइँदै

आज विश्व बाल दिवस मनाइँदै

काठमाडौँ : नोभेम्बर २०, बिहीबार विश्व बाल दिवस  मनाइँदै छ।  राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा यसै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो। राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ।

यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ। युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन्।नेपालमा भने भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट