Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

आँबुखैरेनीमा बोलेरो जीप दुर्घटना, चितवनका एक जनाको मृत्यु, पाँच जना घाइते

आँबुखैरेनीमा बोलेरो जीप दुर्घटना, चितवनका एक जनाको मृत्यु, पाँच जना घाइते

तनुहँ  : आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँ सडकखण्डमा हिजो साँझ भएको बोलेरो जीप दुर्घटनामा परेका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–५ का ३१ वर्षीय पुष्पलाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घाइते अवस्थामा उद्धार गरिएका गुरुङलाई उपचारका क्रममा आँबुखैरेनी अस्पतालका चिकित्सकले हिजो साँझ ८:४५ बजे मृत घोषित गरेका हुन्।

दुर्घटनामा घाइते भएका पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जीप चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएर दुर्घटना भएको हो। जीपमा ११ जना सवार थिए।

घाइते हुनेमा चितवन, इच्छाकामना–२ की २० वर्षीया दोमाया गुरुङ, सोही स्थानका २९ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ, कालिका नगरपालिका–८ की ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन्।

चालकसहित अन्य पाँच जना यात्रु भने सकुशल रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij