काठमाडौँ : देशभर चलेको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक चुनौतीलाई मध्यनजर गर्दै नेपाली कांग्रेसमा ४० वर्षमुनिका युवाहरूले ‘नेपाली कांग्रेस सुधार अभियान यु–४०’ गठन गरेका छन्।
नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष शिव रिमालको सक्रियतामा पार्टीभित्र अवसरको न्यायोचित वितरण, युवाको पहुँच विस्तार र सङ्गठन सुधारका उद्देश्यसहित बुधबार ४० वर्षमुनिका १०१ युवाहरूको केन्द्रीय संयोजन समिति गठन गरिएको हो।
अभियानले कांग्रेस केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुनु, पार्टीभित्र आन्तरिक सुशासनको कमी, समयानुकूल नेतृत्व पुनर्गठनमा ढिलाइ र लोकतान्त्रिक निर्णय प्रक्रियामा कमजोरीको आलोचना गरेको छ।
यसैगरी अभियानले आगामी सङ्घ, प्रदेश र स्थानीय निर्वाचनमा पार्टीको ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न, हरेक उम्मेदवार छनोटमा प्राइमरी इलेक्शन अनिवार्य गर्न, भ्रष्टाचारविरुद्ध खबरदारी र लोकतन्त्र संरक्षणका लागि नयाँ बहस र पैरवी आवश्यक रहेको बताएको छ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij