Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिका लागि घुस लिएको आरोपमा रौतहटको श्री जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानुविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्यालयमा माध्यमिक तहको रसायन विज्ञान विषयको करार शिक्षक नियुक्तिका लागि परीक्षाको प्रश्नपत्र उपलब्ध गराउने र नियुक्ति दिलाइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ।प्रधानाध्यापक सञ्जय प्रसादले रौतहट राजदेवी नगरपालिका–७ का अरविन्द प्रकाश साह कानुमार्फत उक्त रकम घुस लिएको सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट कसुर देखिएको भन्दै आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट