Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मन्त्री पुन: पुराना कारलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी

मन्त्री पुन: पुराना कारलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी

काठमाडौँ  :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अब सरकारले अनुमति दिने बताएका छन्।

उनका अनुसार इन्जिनियर र टेक्निसियनहरूले वर्षौँदेखि पुराना कार तथा भ्यानका इन्जिन हटाएर ब्याट्रीबाट चल्ने वातावरणमैत्री गाडी बनाउन प्रयास गरे पनि सरकारले अनुमति नदिँदै आएको थियो।

सामाजिक सञ्जालमा मन्त्री पुनले लेखे, “यसअघि विभिन्न कानुन र नियम देखाएर कसैलाई यस्तो काम गर्न नदिएको हो। अब सरकार, यातायात मन्त्रालयमार्फत रूपान्तरणका लागि अनुमति दिने व्यवस्था गर्दैछ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट