Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

एमाले सचिव विश्वकर्मा: देश राजनीतिक रूपमा विषम परिस्थितिमा

एमाले सचिव विश्वकर्मा: देश राजनीतिक रूपमा विषम परिस्थितिमा

काठमाडौँ :  नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले देश अहिले गम्भीर राजनीतिक विषम परिस्थितिमा रहेको बताएका छन्।

बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा उनले वर्तमान अवस्था सामान्य नभएको र संविधानमाथि विभिन्न ढंगबाट प्रहार भइरहेको आरोप लगाए।

उनका अनुसार नेपाली जनताले बलिदान दिएर ल्याएको संविधानलाई मूर्छित बनाउने गतिविधि भइरहेका बेला एमाले जनअधिकार र व्यवस्थाको रक्षा गर्न सडकमा उभिएको छ।

संसद् असंवैधानिक रूपमा विघटन भएको दाबी गर्दै एमाले अदालत जाने तयारीमा रहेको उनले बताए।

विश्वकर्माले पार्टी एकताबद्ध भएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट