काठमाडौं : बारामा असहज स्थिति सिर्जना भएपछि एमाले नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्किन बाध्य भएका छन्।
बुधबार बिहान महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाल जिल्ला कार्यक्रममा सहभागी हुन सिमरा जाने तयारीमा थिए। तर, जेनजी समूहले विमानस्थल परिसरमा प्रदर्शन गरेपछि स्थिति अशान्त बनेको थियो।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणका लागि सिमरा क्षेत्रमा कर्फ्यू जारी गरेको र विमानस्थल अस्थायी रूपमा बन्द भएको छ। जहाज सञ्चालन नहुने भएपछि नेताहरू घर फर्किएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij