Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

म्याग्दीको मौरिस हर्जोग पदमार्गमा झोलुङ्गे पुल अभाव

म्याग्दीको मौरिस हर्जोग पदमार्गमा झोलुङ्गे पुल अभाव

म्याग्दी :  अन्नपूर्ण गाउँपालिका–४ को ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवतजावतमा समस्या देखिएको छ। अस्थायी काठे पुलहरूमा पर्यटकको चाप बढेसँगै जोखिमपूर्ण अवस्था सिर्जना भएको छ।

गाउँपालिकाले हुमखोलामा ६० मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी गरेको छ भने फुतफुते झरनामा डिपिआर तयार गरी पुल डिजाइन गरिएको छ। अन्य ठाउँमा पनि पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसँग पहल भइरहेको छ।

समुद्री सतहदेखि ४,१५० मिटर उचाइमा रहेको आधार शिविर छोटो समयमै पुगिने भएकाले पर्यटकको रोजाइमा परेको छ। नारच्याङ–हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म २२ किलोमिटर पदमार्ग तयार छ।

मौरिस हर्जोग पदमार्गको पहिचान २०६८ मा तेज गुरुङको नेतृत्वमा भएको थियो र २०७७ मा यसलाई नामकरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट