Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रधानमन्त्रीले आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्ने

प्रधानमन्त्रीले आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्ने

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग बुधबार छलफल गर्ने भएकी छिन्। दलका प्रतिनिधिहरूलाई छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको उनको सचिवालयले बताएको छ।

फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका वेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन्। प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधहरुसँग छुट्टै र संयुक्त रुपमा छलफल गरिसकेकी छिन्।

राजनीतिक दलहरुसँग संवाद गरे पनि शीर्ष दलका नेताहरुसँग भने अहिलेसम्म भेट भएको छैन केही दिनअघि मात्र प्रबुद्ध व्यक्तिहरुको समूहले प्रधानमन्त्री कार्कीलाई शीर्ष नेताहरुसँग भेट गरी चुनावको वातावरण बनाउन सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट