Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने आठ जना पक्राउ

छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने आठ जना पक्राउ

काठमाडौँ : प्रहरीले छिटोछरितो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने र दुःख दिने गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौँ, शङ्खरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही ठाउँकी १८ वर्षीय भगवान तामाङ, सुर्खेत बराहताल गाउँपालिका–१० का २९ वर्षीय टेकबहादुर सुनार, दोलखा भिमेश्वर–२ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप रामेछाप नगरपालिका–५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–३ का ३८ वर्षीय जीवन लामा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, “राहदानी विभाग त्रिपुरेश्वर, काठमाडौँको मुलगेट बाहिर सेवाग्राहीलाई छिटोछरितो राहदानी बनाइदिने भन्दै विश्वास दिलाई अतिरिक्त रकम लिइ दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीसमेतको कामकारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।”

पक्राउ परेका आठै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट