चितवन,१ मंसिर ः चितवनमा दुई दिने आर्थिक पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनको आर्थिक विकासमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।यस तालिमले अझ निखारिएर सशक्त ढंगले पत्रकारहरुले चितवनको आर्थिक गतिविधि बारे कलम चलाउनेमा विश्वास व्यक्त गर्नुभयो ।यहाँ आर्थिक गतिविधिहरु कती बढीरहेको छ र आगामी दिनको सम्भावना बारे जानकारी गराउन पत्रकाहरुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।पत्रकार महासंघसँग विगतका दिनहरुमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले पनि यहाँको तालिमले आर्थिक क्षेत्रको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।तालिम पश्चात यहाँका पत्रकारहरुले जिल्लाको आर्थिक क्षेत्रमा थप प्रभावकारी ढंगले कलम चलाउने बताउनुभयो । तालिम सञ्चालनका लागि सहकार्य गरेकोमा उद्योग वाणिज्य संघलाई धन्यवाद दिनुभयो । पत्रकार महासंघ चितवनले आवश्यकताको आधारमा तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो ।
सहभागी पत्रकारहरुले तालिमले आर्थिक क्षेत्रको समाचार लेख्नका लागि सहयोग पुगेको बताएका थिए । दुई दिनको तालिममा कान्तिपुर दैनिकका यज्ञ बहादुर बन्जाडे र राइजिङ नेपालका मोदनाथ ढकाल प्रशिक्षकको रुपमा रहनुभएको थियो । तालिममा ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij