Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

“देशप्रति जिम्मेवारी भएर अघि बढ्नुपर्छ” – मीनबहादुर गुरुङ्ग

“देशप्रति जिम्मेवारी भएर अघि बढ्नुपर्छ” – मीनबहादुर गुरुङ्ग

काठमाडौं : व्यवसायी मीनबहादुर गुरुङले सबैले जिम्मेवार भएर अघि बढ्न आवश्यक रहेको बताएका छन्। सोमबार कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट धारणा राख्दै उनले गत भदौ २३–२४ को जेनजी आन्दोलनमा आफ्ना १२ वटा भाटभटेनी पूर्णरूपमा नष्ट भएको र अन्य धेरैमा ठूलो क्षति पुगेको बताए।

उनले भने, “अझै पनि म हिम्मत हारेको छैन, अघि बढ्ने अठोट लिएको छु। मेरो व्यवसायमा हजारौँ कर्मचारी, बैंकको लगानी र देशप्रतिको जिम्मेवारी छ। हामीले जिम्मेवारीपूर्वक काम गर्नु आवश्यक छ, नभए अर्को आन्दोलनले अझ ठूलो क्षति पुर्‍याउन सक्छ।”

गुरुङले दशैँ, तिहार र छठका लागि स्टक गरिएको सामान लुटिएको भए पनि व्यक्तिगत रूपमा राज्यलाई कर तिरेपछि विभिन्न सामाजिक कार्य र सहयोग जारी राख्ने बताए। उनले विपन्न बालबालिकालाई शिक्षाको अवसर दिँदै बाल अस्पताल निर्माण गरेको र एमबिबिएस पढाउन सहयोग गरेको समेत उल्लेख गरे।

व्यवसायीहरूले सानो मन नराखी देशको विकासमा योगदान दिनुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट