काठमाडौं : सरकारले सर्वाधिक कर तिर्ने १७ उत्कृष्ट करदातामध्ये भाटभटेनी सुपरमार्केटका निर्देशक मिनबहादुर गुरुङलाई पनि सम्मान गरेको छ। कर दिवसको अवसरमा आयोजन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका शीर्ष करदाताहरूलाई सम्मान प्रदान गरिएको हो।
आन्तरिक राजस्व विभागका अनुसार विभिन्न श्रेणीका उत्कृष्ट करदाताहरू यस प्रकार छन्ः
सबैभन्दा बढी आयकर (निकाय) : नेपाल दूरसञ्चार प्राधिकरण
एकलौटी फर्म : थाइ आइ इन्टरनेशनल
वस्तुगत आयकर : डाबर नेपाल
सूचना–प्रविधि : भेरिक्स नेपाल प्रालि
निर्यात कारोबार : डाबर नेपाल प्रालि
कृषि/पशुजन्य : पोषक ब्रिडर
बैंक तथा वित्तीय संस्था : नेपाल इन्भेष्टमेन्ट बैंक
स्वास्थ्य/शिक्षा : नोबेल मेडिकल कलेज
पर्यटन : सोल्टी होटल
वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता : सिडियस एण्ड क्लियरिङ् लिमिटेड
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : आइएमई
व्यक्तिगत आयकर : राजबहादुर साह
समयमै कर तिर्ने (MUAK) : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
५० करोडभन्दा बढी कारोबार गर्ने : भिएफ सर्भिसेज
विशेष उद्योग : युनिलिभर नेपाल
सम्मानित करदाताहरूले पारदर्शी कर प्रणाली तथा आर्थिक अनुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्, भने सरकारले निरन्तर कर तिर्नेहरूलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij