Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जैविक विविधता संरक्षणमा केन्द्रित सर्प महोत्सव धनुषामा

जैविक विविधता संरक्षणमा केन्द्रित सर्प महोत्सव धनुषामा

जनकपुरधाम : धनुषाको मिथिला बिहारी–२ कल्चरल भिलेजमा तेस्रो सर्प महोत्सव सुरु भएको छ। मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा भएको महोत्सव सर्प–मानव सहअस्तित्व, जैविक विविधता र वातावरणीय सन्तुलनमा सर्पको भूमिकाबारे जनचेतना फैलाउन केन्द्रित छ।

‘सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ’ नारासहित आयोजित महोत्सवमा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंशपछिको उपचार तथा उद्धार सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको छ।

आयोजकका अध्यक्ष देवनारायण मण्डलका अनुसार समाजमा सर्पबारे फैलिएको अन्धविश्वास हटाउँदै यसको पर्यावरणीय, चिकित्सकीय र सांस्कृतिक महत्वबारे जागरण फैलाउनु मुख्य उद्देश्य हो।

महोत्सवमा चित्र प्रदर्शनी तथा जीवित सर्प अवलोकनमार्फत सहभागीहरूलाई प्रत्यक्ष सिकाइको अवसर दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट