Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, सडक डिभिजनको कडा कदम

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, सडक डिभिजनको कडा कदम

काठमाडौं  : सडक निर्माणका लागि सम्झौता गरेर वर्षौँ अलपत्र पारेका २५ रुग्ण ठेक्का सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार (मंसिर १) रद्द गरेको छ। यी ठेक्काहरू आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्मका हुन्।

मन्त्री कुलमान घिसिङले काम नगर्ने र आयोजना रोक्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएपछि रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको थियो। कात्तिक ११ गते स्पष्टीकरण सोधिएका निर्माण व्यवसायीहरूले चित्तबुझ्दो जवाफ नदिएपछि सार्वजनिक खरिद कानुनअनुसार ठेक्का रद्द गरिएको कार्यालय प्रमुख सुबोध देवकोटाले बताए।

ठेक्का उल्लंघन, म्याद सकिँदासम्म काम नगर्ने, फरफारक नगर्ने र व्यवसायी लामो समय कार्यस्थलमा उपस्थित नभएकाले कारबाही गरिएको हो। अब ती व्यवसायीहरूलाई १५ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

कार्यालयले उनीहरूलाई कालोसूचीमा राख्ने, जमानत तथा रकम जफत गर्ने, १० प्रतिशत ब्याज असुल गर्ने र बाँकी कामको खर्च सरकारी बाँकीसरह उठाउने प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट