काठमाडौँ : प्रहरीले पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा दर्ता रहेको जग्गा लिज प्रकरणमा ठगी र आपराधिक विश्वासघात सम्बन्धी आरोपमा कार्की पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नेपाल ट्रष्ट र थामशेरकु ट्रेकिङ प्रालिबीच लिज सम्झौता गर्ने क्रममा कागजातमा उल्लेखित कित्ता नम्बर ४६०६ भन्दा अतिरिक्त कित्ता नम्बर ४६०५ समेत वदनियतपूर्वक लिजमा समावेश गरिएको पाइएको छ।निर्माणका लागि तीन वर्षको समय तोकिएको भए पनि बीओटी मोडेलमा ३० वर्षका लागि लिज दिने निर्णय गरी राष्ट्रलाई ठूलो हानि–नोक्सानी पुर्याईएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
यसै प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई कार्तिक २१ मा पक्राउ गरिएको थियो। अनुसन्धान अघि बढ्दै जाँदा नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव ९हाल निवृत्त० अर्जुनकुमार कार्की को समेत प्रत्यक्ष संलग्नता भएको प्रमाण फेला परेको प्रहरीको दाबी छ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि कार्कीलाई आइतबार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij