Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मंसिर २ गते संसदीय दल बैठक, संसद् पुनर्स्थापनाका निर्णय हुने

मंसिर २ गते संसदीय दल बैठक, संसद् पुनर्स्थापनाका निर्णय हुने

काठमाडौँ : नेकपा एमाले जेनजी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने तयारीमा छ। मंसिर २ गते बस्ने संसदीय दलको बैठकले कानुनी प्रक्रिया र प्राविधिक निर्णय तय गर्ने एमाले नेता महेश बर्तौलाले जानकारी दिए।

एमालेले संसद् विघटन असंवैधानिक ठहर गर्दै प्रदर्शन र जनजागरण कार्यक्रम पनि सञ्चालन गरिसकेको छ। कांग्रेसमा पुनर्स्थापनाको पक्ष र विपक्षमा मत विभाजित भएकाले उनीहरूको निर्णय पर्खिनुपरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनलाई असंवैधानिक र देशले अस्वीकार गरेको दाबी गर्दै संसद् पुनर्स्थापनाले मात्र मुलुकलाई संवैधानिक बाटोमा फर्काउन सकिने बताए। पार्टीले मंसिर ६ गते उपत्यकामा विशाल प्रदर्शन गर्ने तयारी समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij