Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

न्यायको अनुभूति हुनेगरी काम गर्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

न्यायको अनुभूति हुनेगरी काम गर्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव एसएमटी बैठकमा अर्यालले सो निर्देशन दिएका हुन् ।

मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले एक्टिभिष्ट जसरी जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताए । ‘अहिलेको सरकार निर्वाचन गराउने सरकार भएको हुनाले चुनावलाई अझ बढी सहभागितामूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिष्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु’ मन्त्री अर्यालले बैठकमा भने- ‘कर्मचारीहरूले जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न निर्देशन दिन्छु ।’

उनले परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका हुन् । बैठकमा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न निर्देशन दिएका छन् । बैठकमा गृह सचिव रामेश्वर दंगालले राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावली र नागरिकता नियमावली परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij