बझाङ : जेनजी आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौंमा गोली लागेर ज्यान गुमाएका शहीद सुवास बोहराको परिवार अहिले बेसाहारा बनेको छ।
मृतकका आमा कैलीदेवी बोहरा मजदुरी गर्न भारतको बैङ्ग्लोरमा रहेका बेला छोराको मृत्युको खबर पाएकी थिइन्। आफन्तको सहयोगमा उनलाई काठमाडौं ल्याइयो, जहाँ उनी कान्छा छोरा सन्दीपसँग सानो डेरामा बस्दै आर्थिक संकटसँग जुधिरहेकी छन्।
गत वर्ष श्रीमान् बेपत्ता भएपछि परिवारको जिम्मेवारी बोकेकी कैलीदेवीले १० महिना बैङ्ग्लोरमा काम गरेकी थिइन्। अहिले सन्दीपलाई तीन वर्षसम्म विद्यालयमा पढाइने आश्वासन भए पनि दैनिकी चलाउने स्थिर आय नभएकाले उनी आमा–छोरा बेसाहारा रहेको बताउँछिन्।
कैलीदेवीले गुनासो गरेकी छन् कि विपद् र शहिद परिवारको अवस्था बुझ्न र सहयोग गर्न अहिलेसम्म कोही आएनन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij