Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मालढुंगा–बेनी सडक २० दिनका लागि दैनिक ७ घण्टा बन्द

मालढुंगा–बेनी सडक २० दिनका लागि दैनिक ७ घण्टा बन्द

पर्वत : कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम तीव्र बन्नुपर्ने भएकाले मंसिर १ देखि २० गतेसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने भएको छ।

मंसिर १ देखि प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द रहने निर्णय गरिएको हो। कालोपत्रको काम आवतजावतले प्रभावित भएपछि यस्तो व्यवस्था गर्नुपरेको अधिकारीहरूले जनाएका छन्।

एम्बुलेन्स, बिरामी बोकेका सवारी तथा अत्यावश्यक सेवा बाहेकका सबै सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन्।

१३ किलोमिटर लामो मालढुंगा–बेनी सडक दुई लेनमा विस्तार भइरहेको छ। वैकल्पिक रूपमा मालढुंगा–रत्नेचौर–बेनी मार्ग प्रयोग गर्न सकिनेछ।

२०७७ सालमा ५२ करोडमा ठेक्का सम्झौता भए पनि काम ढिलो हुँदा सडक अझै पूरा हुन सकेको छैन। कालीगण्डकी करिडोर चीन–भारत जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यो सडक अत्यन्त महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट