Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक २६-२८ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको थियो ।

बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल भएको थियो ।

२०८१ मंसिरमा काठमाडौंमा सम्पन्न भएको आठौं समन्वयात्मक बैठकबाट पारित एजेन्डाका विषयमा समेत समीक्षा भएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो । बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा छिमेकी मुलुक भारतको सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका थिए ।

उक्त बैठकमा भाग लिन महानिरीक्षक अर्यालका साथै सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेत लगायतको टोली २५ कात्तिकमा भारत गएका थिए । बैठकमा सहभागी भएर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोली २९ कार्तिकमा स्वदेश फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट