उदयपुर : चौदण्डीगढी–३ बसाहाका सारकुमार राई जेनजी आन्दोलनको भदौ २३ गते गोली लागेर मृत्यु भएपछि उनका सपनासहित परिवारको भविष्य अधुरो बनेको छ। काठमाडौँको कपनमा मजदुर गर्दै उनले कान्छी छोरीलाई डाक्टर बनाउने लक्ष्य राखेका थे, तर आन्दोलनकै क्रममा आएको गोली लागेर उनको मृत्यु भयो।
उनकी श्रीमती सुनिता अनुसार दुई दिनपछि काठमाडौँ पुगेपछि मात्रै श्रीमान्को मृत्युको जानकारी पाएकी थिइन्। उहाँले श्रीमान्लाई जेनजी सहिद घोषणा भएपछि पाएको १५ लाखमध्ये १० लाख बैंकमा छोरीको पढाइका लागि जम्मा गरेको बताइन्।
सारकुमार सात वर्षदेखि कपनमा रङरोगन मजदुरी गर्दै परिवार पाल्दै आएका थिए। ठुली छोरी हिमाञ्चल प्रदेशमा बस्दै छिन् भने कान्छी छोरी आकृति कक्षा १० मा पढ्दै छिन्। श्रीमती सुनिताले दिवंगत श्रीमान्को सपना पूरा गर्न छोरीलाई डाक्टर बनाउने दृढता व्यक्त गरेकी छन्।
जेनजी आन्दोलनमा उहाँसँगै उदयपुर बेलकाका सन्तोष विक पनि सहिद भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij