Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन आगजनी काण्ड: २८ पक्राउ, अधिकांशको आपराधिक इतिहास खुल्यो

चितवन आगजनी काण्ड: २८ पक्राउ, अधिकांशको आपराधिक इतिहास खुल्यो

चितवन : जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् । फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको एसपी गोविन्द पुरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये केही यसअघि विभिन्न अपराध संलग्न भएकोसमेत पाइएको छ । पक्राउ गरेकामध्ये सात जना व्यक्ति पहिले नै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरेका व्यक्ति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij