Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

  प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्धारा इच्छाकामना गाउँपालिकालाई बीमा रकम हस्तान्तरण

  प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्धारा इच्छाकामना गाउँपालिकालाई बीमा रकम हस्तान्तरण

इच्छाकामना ,२९ कात्तिक  : चितवनको इच्छाकामना गाउँपालिकालाई बीमा रकम हस्तान्तरण गरिएको छ । शनिबार प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भरतपुर शाखाका प्रबन्धक कुमार उप्रेतीले गाउँपालिका अध्यक्ष दान बहादु्र गुरुङलाई रु ३७ लाख ६५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आन्दोनकारीहरुले  गाउँपालिकाको एक स्कर्पियो र बलेरो जीप जलाएका थिए । पूर्ण रुपमा जलेको ती दुई सवारीको बीमा रकम बापत गाउँपालिकालाई उक्त रकम हस्तान्तरण गरिएको शाखाका प्रबन्धक कुमार उप्रेतीले बताउनुभयो ।  यस बीमा कम्पनीले सहज ढंगले जतिसक्दो  छिटो बीमा वापतको रकम उपलब्ध गराउँदै सेवालाई प्रभावकारी बनाउने प्रयास गरिरहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले भष्ट्रचार अन्त्य  र सुशासनका लागि जेनजीहरुले पवित्र उदेश्यले गरेको आन्दोलनमा खराब प्रवृति भएका व्यक्ति समूहरुले सरकारी सम्पतिको विनास गरेको बताउनुभयो । आन्दोलनपछि कार्यालयहर ध्वस्त हुदाँ र केन्द्रबाट बजेट नआउँदा  विकास निर्माणका कार्यहरुमा बाधा पुगेको  उहाँको भनाई छ ।   प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बीमा वापतको रकम चाडैँ उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो । हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल,वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती सहितको जनप्रतिनिधि र कर्मचारीहरुको उस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij