बारा : बाराको जीतपुर सिमरा उप-महानगरपालिका-५ लल्का पुलबाट करिब ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई जना महिला पक्राउ परेका छन्।विशेष सूचनाको आधारमा शनिबार दिउँसो ३:४० बजेको समयमा इलाका प्रहरी कार्यालय सिमरा, बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पथलैयातर्फ पैदल आउँदै गरेका शङ्कास्पद दुई महिलालाई रोकेर खानतलासी गर्दा एक जनाको साथबाट ७ पुरियामा राखिएको ४४ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने प्रभु मुखियाकी श्रीमती अन्दाजी ३५ वर्षीया सुशीला देवी र सोही कार्यमा संलग्न जिल्ला पर्सा, पोखरिया नगरपालिका-७ बस्ने अजय मुखियाकी श्रीमती अन्दाजी ३० वर्षीया पूजा देवी रहेका छन्। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij