Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जेनजी आन्दोलनका अपराधीमाथि कडा कारबाहीको माग– छविलाल विश्वकर्मा

जेनजी आन्दोलनका अपराधीमाथि कडा कारबाहीको माग– छविलाल विश्वकर्मा

बुटवल : नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनका नाममा भएका आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल कडा कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।

शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले आन्दोलनमा घुसपैठ गरी गुण्डागर्दी मच्चाउने र निजी–सार्वजनिक सम्पत्ति तोडफोड गर्ने समूहलाई सरकारले अझै पक्राउ नगरेकोमा असन्तुष्टि व्यक्त गरे। उनले जेलबाट फरार कैदीसमेत नियन्त्रणमा लिन सरकार असफल रहेको आरोप लगाए।

उनका अनुसार, “देश र निजी सम्पत्ति नष्ट गर्ने, आतंक फैलाउने, घुसपैठ गर्नेहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन सरकार जिम्मेवार छ। फरार कैदीहरू पक्राउ गर्न पनि सरकारले के गरिरहेको छ भन्ने प्रश्न उठेको छ,” भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति आलोचना गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij