नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोट क्षेत्रमा राति मात्र सडक विस्तारको काम तीव्र रुपमा भइरहेको छ। नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर कालोपत्र बाँकी रहेकाले दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म काम अघि बढाइएको हो।
आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दिनमा अत्यधिक ट्राफिकका कारण जाम र व्यवस्थापन समस्या देखिएपछि राति काम गर्नुपरेको हो। कार्यतालिका अनुसार करिब १० दिनभित्र कालोपत्र सकिने बताइएको छ।
नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा अधिकांश भाग एकतर्फी कालोपत्र भइसकेको छ भने दाउन्ने क्षेत्रमा तीन किमी कालोपत्र र करिब १० किमी ढलानको काम जारी छ। संपूर्ण खण्डको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
यो खण्डमा १०० किमी सडक चार लेन र दाउन्नेको १४ किमी तीन लेनमा विस्तार हुँदैछ । सहरी क्षेत्रमा दुईतर्फ ‘सर्भिस लेन’ समेत निर्माण गरिने योजना छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij