गाईघाट (उदयपुर) – उदयपुरको मुर्कुची–रौता–जाँते ग्रामीण सडक एक वर्षपछि पुनः सञ्चालनमा आएको छ। गत वर्ष वर्षाले सडक भत्किँदा र रसुवा खोलामा पुल नहुँदा यो खण्ड अवरुद्ध बनेको थियो।
हालै रसुवा खोलामा अस्थायी पुल निर्माण र अन्य अवरोध हटाएपछि यातायात सञ्चालन हुन थालेको छ। शुक्रबारदेखि जाँते–भुटार–मुर्कुची–गाईघाट मार्गमा बससमेत चलाउन थालिएको छ।
स्थानीय तथा वडाध्यक्षहरूले सडक सञ्चालन प्रदेश र स्थानीय निकायको समन्वय प्रयासबाट सम्भव भएको बताएका छन्। यसपछि लिम्चुङबुङ, रौतामाई, मुर्कुची र आसपासका क्षेत्रका स्थानीयको जिल्ला सदरमुकामसम्म आवागमन सहज भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij