Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मधेशमा आन्दोलन अन्त्यका लागि मुख्यमन्त्री यादवको वार्ता अपील

मधेशमा आन्दोलन अन्त्यका लागि मुख्यमन्त्री यादवको वार्ता अपील

जनकपुर  : धाम मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार प्रदेशवासीलाई सम्बोधन गर्दै आन्दोलन अन्त्यका लागि संवाद र सहकार्य आवश्यक भएको बताउनुभयो। उहाँले आन्दोलनरत दललाई वार्ताको टेबलमा आउन अपील गर्दै भन्नुभयो, “सडकमा आन्दोलनले समस्याको समाधान हुँदैन, बसेर वार्ता गरौँ।”

मुख्यमन्त्री यादवले मधेशका गरीब, प्रदेशको शान्ति सुरक्षा र समृद्धिलाई प्राथमिकता रहेको स्पष्ट गर्नुभयो र कोशी प्रदेशको उदाहरणसहित राजनीतिक परिपक्वता देखाउन आग्रह गर्नुभयो।

साथै, भारतीय दूतावासको हस्तक्षेप भएको आरोप लगाउँदै आफू र मन्त्रीहरू सुरक्षा चुनौतीमा रहेको जानकारी दिनुभयो। उहाँले नयाँ पहल स्वरूप हरेक बिहान ७:१५–८ बजेसम्म ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij